Powered By Blogger

Monday, May 30, 2011


हिजो लाग्छ मेरो माया रानी भयौ तिमी आज
सोझी थियौ मेरी माया ज्ञ्यानी भयौ तिमी आज ।

कस्तो रैछ हाम्रो माया थियो जस्तै नङ मासु
त्यस्तो गाढा भुली माया जानी भयौ तिमी आज

पानी पर्दा छानो राख्ने घाम लाग्दा खल्ली बल्ली
रङ फेर्ने जीब जस्तै सानी भयौ तिमि आज ।

फेर्यौ तिम्ले काँचुलीनै मैले चिन्न भुल गरेँ
जसको पनि आँखा लाग्ने मानि भयौ तिमि आज ।

दु:खी थियौ हिजो सम्म दानी भयौ तिमि आज
अतितनै सबै बिर्सी रानी भयौ तिमि आज ।

Sunday, May 29, 2011

गजल-२


Thursday, May 19, 2011

दोमुखा


सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रुपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरु आउने गरेका छन् । यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखा बाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । सदरमुकाम चद्रगढी बजारबाट लगभग ४० कि.मि. पश्चिममा अवस्थित माई दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरु भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।