Powered By Blogger

Sunday, June 5, 2011

गजल-३


       भुल       
            चन्द्र लिम्बु चुहानडाडा ४ तेह्रथुम हाल दोहा

हिजो लाग्छ मेरो माया रानी भयौ तिमी आज
सोझी थियौ मेरी माया ज्ञ्यानी भयौ तिमी आज ।

कस्तो रैछ हाम्रो माया थियो जस्तै नङ मासु
त्यस्तो गाढा भुली माया जानी भयौ तिमी आज

पानी पर्दा छानो राख्ने घाम लाग्दा खल्ली बल्ली 
छेपारोझै रङ फेर्ने हानी भयौ तिमि आज ।

फेर्यौ तिम्ले काँचुलीनै मैले चिन्न भुल गरेँ
जसको पनि आँखा लाग्ने मानि भयौ तिमि आज ।

दु:खी थियौ हिजो सम्म दानी भयौ तिमि आज
अतितनै सबै बिर्सी रानी भयौ तिमि आज ।

Monday, May 30, 2011


हिजो लाग्छ मेरो माया रानी भयौ तिमी आज
सोझी थियौ मेरी माया ज्ञ्यानी भयौ तिमी आज ।

कस्तो रैछ हाम्रो माया थियो जस्तै नङ मासु
त्यस्तो गाढा भुली माया जानी भयौ तिमी आज

पानी पर्दा छानो राख्ने घाम लाग्दा खल्ली बल्ली
रङ फेर्ने जीब जस्तै सानी भयौ तिमि आज ।

फेर्यौ तिम्ले काँचुलीनै मैले चिन्न भुल गरेँ
जसको पनि आँखा लाग्ने मानि भयौ तिमि आज ।

दु:खी थियौ हिजो सम्म दानी भयौ तिमि आज
अतितनै सबै बिर्सी रानी भयौ तिमि आज ।

Sunday, May 29, 2011

गजल-२


Thursday, May 19, 2011

दोमुखा


सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रुपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरु आउने गरेका छन् । यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखा बाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । सदरमुकाम चद्रगढी बजारबाट लगभग ४० कि.मि. पश्चिममा अवस्थित माई दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरु भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।

Tuesday, March 15, 2011

जापानको जस्तै भूकम्प गए के होला ?

 मेचीनगर अनलाइन
            जापानमा शुक्रबार गएको जस्तै भूकम्प गयो भने काठमाडौंमा मात्र दुई लाखभन्दा बढीको मृत्यु र दुई लाखभन्दा बढी घाइते हुने आँकलन छ । देशभरिमा मृतकको संख्या करिब चार लाख नाघ्ने र चार लाख घाइते हुने अनुमान गरिएको छ । 'यो एक मिनेटको थकर्नपछि
पछि हुने दैवीप्रकोपको आँकलन हो,' भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक भूकम्पविद् आमोदमणिदीक्षित भन्छन्, 'अस्पतालमा आकस्मिक उपचार दिने व्यवस्थासमेत हुँदैन ।' विज्ञहरू भूकम्पीय जोखिमको दृष्टिले नेपालजस्तो संवेदनशील मुलुकमा पूर्वतयारीसँगैभूकम्पबाट बाँच्ने कला सबैले सिक्नुपर्ने बताउँछन् । भूकम्पविद्ले यो क्षेत्रमा कुनै पनि बेला शक्तिशाली भूकम्प जान सक्ने बताउँदै आएका छन् । मुलुकमा हरेक ७५ देखि सय वर्षमा विशाल भूकम्प र हरेक ५० वर्षमा मध्यम भूकम्प गएको इतिहास छ ।समाजले सात वर्षअघि राजधानीको ठूला अस्पतालको अध्ययन गर्दा ९० सालजस्तो थर्कन आउँदा अनवरत रूपमा सेवा दिने स्थिति नरहेको घोषणा गरेको थियो । हाल एकाध छाडेर निजी एवं सरकारी प्रायः सबै अस्पतालको स्थिति उस्तै छ ।
     राजधानीको जनसंख्याबारे हालसम्म आधिकारिक तथ्यांक नरहे पनि विज्ञहरूले ४० देखि ६० लाख व्यक्ति बसोबास गरिरहेको अनुमान गर्छन् । उपत्यकाको वास्तविक घर संख्याबारे समेत कुनै तथ्यांक उपलब्ध छैन । 'उपत्यकामा करिब पाँच लाख घर भएको आँकलन गर्न सकिन्छ,' दीक्षित भन्छन्, 'तर भूकम्पबाट जोगाउने भवन निर्माण संहितालाई कडाइ साथ लागू गर्न सकिएको छैन ।' काठमाडौंको दरबार स्क्वायर कुनै पनि ठाउँबाट हेर्दा नौ/दस तल्ले घर देखिने गरिएको औंल्याउँदै दीक्षित भन्छन्, 'तर त्यो इलाकामा पाँच तल्लेभन्दा बढी अग्लो घर बनाउने मापदण्डै छैन, भूकम्प जाँदा यस्ता अग्ला घर पछि चिहान बन्नेछन् ।'
      नेपालजस्ता विकासोन्मुख मुलुकमा भूकम्पीय विनाशको मुख्य कारण घरलगायतका कमजोर संरचना भत्किनु हो । आचारसंहिताअनुसार घर बनाउँदा तीनदेखि पाँच प्रतिशत बढी रकम खर्च भए पनि भूकम्पबाट भने मृत्यु हुने सम्भावना अति न्यून हुन्छ । 'संहिताअनुसार निर्माण गरिएको घरले ९ एमएमआईसम्म थर्कन थेग्न सक्छ,' उनी बताउँछन् । विज्ञहरूका अनुसार भूकम्पबाट मृत्यु हुने ८० प्रतिशत जोखिम घरले गर्दा हुन्छ । यस्तै आठ प्रतिशत मृत्यु अस्पताललगायत आकस्मिक सेवा दिने क्षमताका कमीले हुन्छ भने १२ प्रतिशत आकस्मिक सेवा दिने प्रणाली अभावले हुन्छ ।
६० प्रतिशत संरचना ध्वस्त हुन्छन्
    आमोदमणि दीक्षित
 कार्यकारी निर्देशक, राष्ट्रिय भूकम्प प्रविधि समाज
    नेपालमा यति नै बेला भूकम्प जान्छ भनेर भन्न सकिँदैन । जतिबेला पनि भूकम्प जान सक्छ । वैज्ञानिकले यति नै बेला भूकम्प जान्छ भनेर अध्ययन पनि गरेका छैनन्् र वैज्ञानिकले भनेका बेला भूकम्प जाने पनि होइन ।
        भूकम्पीय हिसाबले नेपाल जोखिमपूर्ण सूचीमा छ । त्यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा खतरामा छ । भूकम्पीय जोखिमका हिसाबले विश्वमा नेपाल ११ औं स्थानमा पर्छ । नेपालमा ८.२ रेक्टरसम्मको भूकम्प जान सक्छ । जुन निकै ठूलो हो । नेपालमा मेचीदेखि महाकालीसम्म जुनसुकै ठाउँमा भूकम्प जान सक्छ । भूकम्प गयो भने सबभन्दा बढ्ता धनजनको क्षति काठमाडौंमा हुनेछ । भूकम्पीय हिसाबले काठमाडौंको भौतिक संरचना निकै कमजोर छ ।
       १९९० सालमा नेपालमा ९/१० एमएमआई (मोर्डिफाइड मर्सेली इन्टेन्सिटी) बराबरको भूकम्प गएको थियो । त्यतिबेला पनि निकै विनाश भएको हो । नेपालमा १२ एमएमआईसम्मको भूकम्प जान सक्छ । नेपालको भौतिक संरचना हेर्ने हो भने ७ एमएमआईभन्दा बढीको भूकम्प थेग्न सक्ने भौतिक संरचना छैनन् । कम्तीमा पनि ९ एमएमआईसम्मको भूकम्प थेग्ने घरहरू बनाउन सकिए धनजनको क्षति न्यून हुन सक्छ । सरकारले पनि त्यतातिर अलि बढी ध्यान दिन जरुरी छ ।  शुक्रबार जापानमा गएको जत्तिको होइन, १९९० साल जत्तिकै भूकम्प गए पनि काठमाडौंमा ६० प्रतिशत घर भत्किन सक्छन् र लाखौं मानिसको ज्यान जान सक्छ । त्यस्तै, पुल र विमानस्थल पनि सखाप हुन सक्छन् । त्यतिबेला आर्थिक नोक्सानीको कुनै मूल्यांकन नै गर्न सकिन्न । सरकारले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माण संहिता लागू गरेको छ । तर त्यसको कार्यान्वयन भएको छैन । नक्सा पास गर्दा संहिता उल्लंघन हुने गरेको छ । सरकारले पनि यसमा कडाइका साथ लागू गरेको देखिन्न । भवन निर्माण संहिता कार्यान्वयन गर्न नसक्नु हाम्रा लागि चुनौती हो । सरकारले आचारसंहिता लागू गर्न ध्यान दिनुपर्छ । त्यसो हुन सके हाम्रा घर र मानवीय क्षतिमा कमी हुनेछ ।


भुकम्प आइहाल्यो भने नेपालको तयारी कति ?


काठमाडौं शहर विश्वमै उच्च भुकम्पीय जोखिममा रहेको कुरा सार्वजनिक भैरहेको वेला सरकारले भने भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै पनि तयारीहरु गरेको छैन। नेपालमा भुकम्पीय उच्च खतरा रहेको भन्दै विभिन्न देश तथा अर्न्तराष्ट्रिय दातृ निकायले उच्च चासोका सहयोग दोव्वर रहँदा जिम्मेवार निकायहरु भने भुकम्प आइहालेमा कसरी उद्धार गर्ने भन्ने पुर्वाधारहरुको तयारी गरेका छैनन्। 
'उच्च जोखिम रहेपनि तत्काल भुइँचालो आइहालेमा उद्धार गर्ने ठाउँहरुको पहिचान गर्न सकिएको छैन,' गृहमन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने 'यस सम्वन्धमा विभिन्न निकायहरुसंग छलफल चलिरहेको छ। उनले काठमाडौंको कोर क्षेत्रमा भुकम्पीय जोखिम ज्यादै भएपनि त्यहाँ खाली ठाउँ उपलव्ध नभएको उनको भनाई छ। 
     हाल गृहमन्त्रालयले युनिसेफ, रेडक्रस, आइओएम लगायतका अर्न्तराष्ट्रिय निकायहरुसंग साझेदारी गरेपनि राजधानीमा कति घरहरु जोखिममा छन भन्ने समेत पहिचान हुन सकेको छैन। खनालले जुनसुकै समयमा आउन सक्ने भुकम्पीय सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीलाई तालिम दिने काम भैरहेको जानकारी दिए। 'भुकम्प आइहालेमा उद्धार गर्न का लागि सेना र प्रहरीलाई अभ्यास गराउँदैछौं ' खनालले भने।
गृहमन्त्रालय मात्र होइन शहरीकरणको व्यवस्थापन र शहरमा बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक हुनुपर्ने नियम भएपनि उपत्यकाका तिनै शहरमा यो नियम लागु गराउन सकेका छैनन्। नेपालमै सवैभन्दा भुकम्पीय दृष्टीकोषले असुरक्षित मानिने काठमाडौं , ललितपुर र भक्तपुरहालसम्म कुनै कामहरु अघि बढन सकेका छैनन्। काठमाडौं उपत्यका नगरविकास समितीका अध्यक्ष डा. भाइकाजी तिवारी हाल बनेको नियम कार्यान्वयन आउनमा नसक्दा समस्या देखिएको बताउँछन्। 'भुकम्प न्युनिकरणको मुख्य उपाय पुराना जोखिमयुक्त घरहरुको विस्थापन हो।' तिवारीले भने 'तर यो असम्भव छ।' उनले काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका र ललितपुर उपमहानगरपलिका भित्रै यस्ता घरहरुको संख्या बढी भएकाले र यिनै क्षेत्रमा खाली जग्गा नभएकोले समस्या भएको बताए।
        सवैभन्दा जोखिमयुक्त घर काठमाडौं महानगरपालिकामा भएपनि उसले हालसम्म भुकम्पीय जोखिम न्युनिकरणका लागि कुनै काम त के कुनै अध्ययन समेत गरेको छैन। महानगरपालिका शहरी विकास विभाग प्रमुख देवेन्द्र डंगोल भुकम्पीय जोखिम हटाउन हालसम्म कुनै काम नभएको स्विकार्छन्। 'हालसम्म कुनै कामै हुन सकेको छैन।' डंगोलले भने। हाल भुकम्पीय जोखिम न्युनिकरणका लागि काम गर्दै आइरहेको संस्था भुकम्प प्रविधी राष्ट्रिय समाजले केही दातृ निकायहरुसंग मिलेर गृहमन्त्रालयले केही तयारी गर्दै आइरहेपनि पुर्वाधारको अभावमा कार्यक्रमहरु लागु हुन नसकेको बताउँछ। समाजका कार्यकारी निर्देशक आमोदमणी दिक्षित भुकम्पीय जोखिममा परेका घरहरु विस्थापनको काम ज्यादै जटिल भएकाले अव यदि भुकम्प आइहालेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताउँछन्। उनका अनुसार अहिलेकै अवस्था रहने हो भने काठमाडौंमा सामान्य भुइचालोबाट पनि लाखौं धनजनको क्षती हुन्छ। 'भुकम्प आइहालेमा उद्धार गर्नका लागि टुडिखेलजस्तै ५० वटा ठुला ठाउँको आवश्यकता पर्छ।' दिक्षितले भने 'सरकार र विभिन्न दातृ निकायहरुले यस्ता ठाउँहरुको पहिचान गर्ने भनिएपनि हालसम्म कुनै ठाउँहरु प्हिचान हुन सकेको छैन। 'उपत्यकामा धेरै ठाउँ खाली छैन।' दिक्षितले भने 'भएका ठाउँ समेत उद्धार गर्नका उपलव्ध हुने किसीमको हुनुपर्‍यो।' यसअघि ललितपुर उपमहानगरपालिकाको सक्रियतामा ललितपुरमा भुकम्प आइहालेमा उद्धार गर्नका लागि तीन वटा ठाउँहरुको पहिचान गरिएको जानकारी उनले दिए। ललितपुरको खुमलटार, वालकुमारी र इन्जिनियर क्याम्पस गरि यहाँ झण्डै ५० हजारको उद्धार हुनसक्ने उनले जानकारी दिए। उद्धार गर्न खाली जग्गामात्र होइन त्यसक्रममा आवश्यक पर्ने दमकल, खानेपानी, अस्पताल समेत पर्यात नभएको दिक्षितको भनाई छ। 'यसविषयमा विदेशीहरुले समेत उच्च चासो राखेका छन्। ' दिक्षितले भने 'प्रकोप भनेको जुनसुकै समयमा पनि आउनसक्छ त्यसैले सरकार पुर्वाधारहरुको तयारी तर्फ लाग्नुपर्छ।'